चालु आर्थिक वर्ष ०७५/७६ का लागि पारित गरेको बजेट सार्वजनिक

असोज १०, दमौली, । तनहुँ भानु नगरपालिकाले चालु आर्थिक वर्ष ०७५/७६ का लागि पारित गरेको बजेट सार्वजनिक गरेको छ ।
असार महिनामै पारित भइसक्नुपर्ने बजेट नगरसभाले असोज महिनामा पारित गरेको हो । भदौको अन्तिम साताबाट मात्रै भानुको नगरसभा शुरु भएको थियो । नगरपालिकाका जनप्रतिनिधिको आन्तरिक विवादले बजेट सार्वजनिकमा ढिलाइ भएको हो ।

भानु नगरपालिकाका प्रमुख उदयराज गौलीले नगरसभाबाट पारित भएको रु ७६ करोड ६७ लाख ८६ हजार ६१४ को बजेट सार्वजनिक गरे । सार्वजनिक बजेटअनुसार पूँजीगत तर्फ रु २९ करोड १२ लाख १६ हजार ६१४ र चालु तर्फ रु २० करोड २९ लाख ७० हजार रहेको छ । सार्वजनिक बजेटमध्ये रु २७ करोड २६ लाख सर्शत अनुदान तर्फको रहेको नगर प्रमुख गौलीले बताए ।

‘कृषि, पर्यटन, उद्योग, साहित्य एवं पूर्वाधार   सभ्य, समुन्नत एवं समृद्ध भानु निर्माणको आधार’ भन्ने नारालाई आत्मसाथ गरेर बजेट निर्माण गरिएको उनको भनाइ छ । थानीमाई, मिर्लुङकोट, कृपेश्वर महादेव मन्दिर, कोटगाउँ पर्यटन क्षेत्र, बाँसपानी होमस्टे, टुटेपानी होमस्टे, रानागाउँ होमस्टेलगायतका पर्यटन क्षेत्रमा बजेट विनियोजन गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + twenty =