दशैंको फुलपातीमा आउँदैछ अशोक शर्माको ‘जय भोले’

“असोज १०, काठमाडौं । नेपाली चलचित्र ‘जय भोले’ दशैंको अवसर पारेर फूलपातीको दिन रिलिज गर्ने निश्चित भएको छ । यस अगाडी चलचित्र ‘छक्का पञ्जा ३’ सँग ‘जय भोले’ भिड्ने खबर सार्वजनिक भएको थियो । तर, अब ‘छक्का पञ्जा ३’ को रिलिज मिति घटस्थापनामा तोकिएको छ ।

यो चलचित्र पारिवारिक कमेडी कथावस्तुले भरिपूर्ण रहेको बताइएको छ । चलचित्रको मुख्य भुमिकामा पशुपति प्रसादबाट चर्चामा आएका खगेन्द्र लामिछाने सँगै सलोन बस्नेत, स्वस्तिमा खड्का, सौगात मल्ल, बुद्धि तामाङ्ग, राजाराम पौडेल लगायत छन् ।

फिल्मलाई पुराना निर्देशक कलाकार अशोक शर्माले निर्देशन गरेका हुन् । उनले चलचित्रमा तीन पुस्ताको अभिनय एक साथ देख्न पाइने बताएका छन् । शर्माले १२ वर्ष अघि निर्माण गरेका चलचित्र गरिब, अल्लारे राम्रा चलचित्र हुन् । ‘जय भोले’ मा राजनराज शिवाकोटीको संगीत रहेको छ ।

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 16 =