स्वावलम्बनले ११ प्रतिशत लाशांश वितरण प्रस्ताव
२०७४ जेठ १५ गते

“
असोज १०, काठमाडौं । स्वावलम्वन लघुवित्त वित्तिय संस्थाले आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्ने भएको छ । स्वावलम्बनको हिजो बसेको सञ्चालक समिति बैठकले आफ्ना शेयरधनीलाई ११.८४२१ प्रतिशत मुनाफा वितरण गर्ने निर्णय गरेको हो ।
संस्थाको चुक्तापुँजी ५० करोड ३१ लाख १० हजार ७ सयमा लाभांश वितरणका लागि नेपाल राष्ट्र बैंकलाई अनुरोध गरिएको छ संस्थाले ५ करोड ९५ लाख ७८ हजार ८ सय ९९ रुपैयाँ नगद लाभांश वितरण गर्नेछ ।
उक्त लाभांस आगामी वार्षिक साधारण सभामा प्रस्ताव गर्ने निर्णय गरेको संस्थाका कम्पनी सचिब चन्द्रमणी चौंलागाईले जनाएका छन् ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








