कालिका पावरको आइपीओ बाँडफाँड

असोज १०, काठमाडौं । कालिका पावरको आइपीओ बाँडफाँड भर्खरै सकिएको छ । कम्पनीले ११ लाख १६ हजार कित्ता शेयर माग आवेदन गरेकोमा सर्वसाधारणबाट ८३ लाख ९३ हजार कित्ता शेयरको आवेदन परेको थियो ।

क्यापिटल मार्केट लिमिटेडको निस्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापीटल लिमिटेडको सह निस्काशन तथा विक्री प्रबन्धमा आइपीओ निस्कासन भएको छ ।

कम्पनीले ११ लाख १६ हजार कित्ता शेयर माग आवेदन गरेकोमा सर्वसाधारणबाट ८३ लाख ९३ हजार कित्ता शेयरको आवेदन परेको थियो ।
कालिका पावर कम्पनि लिमिटेडको प्रति शेयर रु १००/ अंकित दरका १२ लाख कित्ता साधारण शेयर मध्ये ६० हजार कित्ता शेयर सामुहिक लगानी कोषको लागि बाँडफाँड भैसकेको छ ।

कर्मचारीका लागि २४ हजार कित्ता शेयर सुरक्षित गरी बाँकी रहेको ११ लाख १६ हजार कित्ता शेयर सर्वसाधारण निस्काशनका लागि नेपाल धितो पत्र बोर्डबाट मिति गत भदौ ३ गते स्विकृत भई भदौं २८ गतेदेखि मिति असोज १ गतेसम्म सर्वसाधारणहरुमा खरिद आव्हान गरिएको थियो । जसमा १ लाख १८ हजार ९ सय ५६ जना आबेदकहरुबाट जम्मा ८० लाख ६ हजार नौं सय ९० कित्ताको लागि आवेदन प्राप्त भएकोे थियो ।

कर्मचारीका लागि संरक्षण गरीएको शेयर कर्मचारीबाट विक्री नभई बाँकी रहेको शेयर १५ हजार ७ सय ७० कित्ता शेयर समेत सर्वसाधारणमा समायोजन गरी कुल जम्मा ११ लाख ३१ हजार ७ सय ७० कित्ता शेयर १ लाख १८ हजार ८ सय १० आवेदहरु मध्ये गोलाप्रथाद्धारा जम्मा १ लाख १३ हजार सय ७७ जनालाई आज बुधबार बिहान बाँडफाँड गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + fifteen =