हुएस्कालाई पराजित गर्दै एट्लेटिको मड्रिड तेस्रो स्थानमा
२०७४ जेठ १५ गते

“एजेन्सी, असोज १० । स्पानिस ला लिगामा गएराती भएको खेलमा एट्लेटिको मड्रिडले हुएस्कालाई ३-० ले पराजित गरेको छ। घरेलु मैदानमा भएको खेलमा एट्लेटिकोले तीनै गोल पहिलो हाफमा गरेको थियो।
एट्लेटिकोका लागि एन्टोनी ग्रीजमन, थोमस र कोकेले एक-एक गोल गरे।
सिजनको तेस्रो जितपछि ६ खेलबाट ११ अंक जोडेको एट्लेटिको अंक तालिकामा तेस्रो स्थानमा उक्लेको छ। एक-एक खेल कम खेलेका बार्सिलोना र रियल मड्रिडको समान १३ अंक छ।
ला लिगाकै अन्य खेलमा स्पानयोलले आइबरलाई १-० ले हराउँदा रियल सोसिडाड र रायो भालेकानोले २-२ को बराबरी खेले।”
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








