उत्कृष्ट तीनमा परेका सलाह, किन अटाएनन् फिफाको टिममा
२०७४ जेठ १५ गते

“एजेन्सी, असोज १० । फिफाले सार्वजनिक गरेको वर्ष टिम (ड्रिम टिम) मा लियोनल मेस्सीसंगै क्रिस्टियानो रोनाल्डो पर्दा महोमद सलाह र नेमार पर्न असफल भएका छन् । शीर्ष तीनमा नपरेका बार्सिलोनाका फरवार्ड लिओनेल मेसी पनि उक्त टोलीमा अटाएका छन् ।
विश्वकै उत्कृष्ट तीन खेलाडीमा पर्दा उत्कृष्ट ११ मा पर्न नसक्नुले भने फिफाको प्रक्रिया आलोचित बनेको छ ।फुटबलका विष्लेशकहरुले के को आधारमा उत्किृष्ट तीनमा रोजियो र के आधारमा फेरि टिममा परेनन् भनेर आलोचना गरिरहेका छन्।
यसलाई धेरैले सहि मुल्याँकन हुन नसकेको रुपमा बुुझेका छन् ।
यस्तो छ फिफा ड्रिम टिम
गोलकिपर – डेभिड डी गिया
डिफेन्डर – ड्यानी अल्भेस, राफेल भराने, सर्जियो रामोस, मर्सेलो
मिडफिल्डर – लुका मोड्रिच, अन्गोलो कान्टे, इडेन हाजार्ड
फरवार्ड – लियोनल मेस्सी, केलियन एमबाप्पे, क्रिस्टियानो रोनाल्डो”
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








