प्रदेश ७ को नाम सुदूरपश्चिम, राजधानी गोदावरी

धनगढी, असोज ९ । प्रदेश ७ को नाम सुदूरपश्चिम र राजधानी कैलालीको गोदावरी राख्न सुझाव दिइएको छ ।

मंगलबारको प्रदेशसभा बैठकमा पेश गरिएको प्रदेश सातको नाम र राजधानीबारेको प्रतिवेदनमा समितिले प्रदेश ७ को राजधानी कैलालीको गोदावरी र नाम सूदूरपश्चिम राख्न सुझाव दिएको हो ।

मंगलबार दिउँसो ३ बजे बसेको प्रदेशसभाको बैठकमा पेश गरिएको प्रतिवेदन बुधवारदेखि सांसदहरुबीच यसबारेमा छलफल सुरु गरिने कार्यतालिका रहेको छ । सासंद तारा लामा तामाङको नेतृत्वमा गठन भएको संसदीय समितीले तयार पारेको प्रतिवेदन प्रदेश सभामा पेश गरिएको हो।

भदौ ५ गते संसदीय समितिले सभामुख अर्जुनबहादुर थापालाई प्रतिवेदन पेश गरेपनि झण्डै एक महिनापछि संसदमा प्रतिवेदन पेश गरिएको हो।

प्रदेश सभाका सदस्यहरुले राजधानी र नामाङ्कनका लागि थप प्रस्ताव तथा संसोधन हाल्न पाउने छन।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 5 =