निर्मला हत्या प्रकरणः छानविन समितिले गृहमन्त्रीलाई प्रतिवेदन बुझायो

काठमाडौँ, असोज ९ । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुर भीमदत्तनगरकी १३ वर्षीया निर्मला पन्तको घटनाबारे अनुसन्धान गर्न बनेको उच्चस्तरीय छानविन समितिले अनुसन्धानको प्रतिवेदन सरकारलाई बुझाएको छ ।

१३ वर्षीया पन्तको हत्या प्रकरणबारे अनुसन्धान गर्न गृहमन्त्रालयद्धारा गठित छानबिन समितिले एक महिना लामो अनुसन्धानपछि मंगलबार गृहमन्त्री राम बहादुर थापालाई प्रतिवेदन बुझाएको हो ।

निर्मला हत्या प्रकरणको अनुसन्धानमा खटिएका प्रहरीले नै लापरबाही गरेपछि अनुसन्धान विवादास्पद बन्दै गएको थियो । सोही अनुसन्धान पूरा गर्नका लागि सरकारले भदौ ७ मा छानबिन गर्न कारागार व्यवस्थापन विभागका महानिर्देशक हरि मैनालीको नेतृत्वमा पाँच सदस्य छानबिन समिति गठन गरेको थियो ।

१५ दिनभित्र अनुसन्धान गरेर प्रतिवेदन बुझाउनुपर्ने भनिएपनि अनुसन्धान जटिल बन्दै गएपछि १५ दिन म्याद थप गरिएको थियो। समितले बुझाएको प्रतिवेदनमा प्रहरीको अनुसन्धानमा गल्ती भएको निष्कर्ष निकालेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − four =