बिहे अस्वीकार गरेपछि महिलामाथि एसिड र छुरा प्रहार

काठमाडौँ, असोज ९ । एसिड आक्रमणमा परी गम्भीर घाइते भएकी रौतहट चन्द्रनिगाहपुरकी १८ वर्षीया सम्झना दासको निधन भएको एक दिन पनि बित्न नपाउँदै फेरी अर्की एक महिलामाथि एसिड र छुरा प्रहार भएको छ । नवलपरासीको कावासोतीमा पुरुषले महिलामाथि एसिड र छुरा प्रहार गरेका छन् ।

कावासोती नगरपालिका १६ हरबासीका स्थानीय ३६ वर्षीय विमल श्रीपालीले आफूसँग बिहे गर्न नमानेको भन्दै हरिबासीकै ३० वर्षीया बसन्ती परियारलाई एसिड र छुरा प्रहार गरेका हुन् ।

विमलले बसन्तीलाई सोमबार राति एसिड छ्यापेर तीन पटकसम्म छुरा प्रहार गरेका थिए । एसिड प्रहारबाट शरीरको करीव २५ प्रतिशत भाग जलेको छ । उनले देव्रे छातीमा प्रहार भएको चक्कु करङ छेडेर फोक्सोसम्म पुगेको भरतपुर अस्पतालले जनाएको छ । भरतपुर अस्पतालको आइसीयूको भेन्टिलेटरमा राखेर बसन्तीको उपचार भइरहेको छ ।

एसिड प्रहार गर्ने विमल श्रीपालीलाई गएराति नै पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीसामू अपराध स्वीकार गरेका नवलपुर प्रहरीले जनाएको छ । एसिड प्रहार गर्ने विमलमाथि अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − eleven =