सम्झनाको परिवारलाई प्रदेश २ सरकारको ३ लाख राहत, दोषीमाथि कारवाही गर्न कानुनी राय माग

“जनकपुर, असोज ९ ।एसिड आक्रमणमा परी मृत्यु भएकी रौतहट चन्द्रनिगाहपुरकी १८ वर्षीया सम्झना दासको निधनप्रति दुःख व्यक्त गर्दै प्रदेश २ सरकारले पीडित परिवारलाई थप ३ लाख राहत दिने घोषणा गरेको छ ।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सम्झनाको निधनप्रति दुःख व्यक्त गर्दै ३ लाख क्षतिपूर्ति दिने घोषणा गरेका हुन् । राउतले बेटी बचाऊ, बेटी पढाऊ योजनाअन्तर्गत उक्त रकम दिन लागिएको मंगलबार एक विज्ञप्ति जारी गरेर जानकारी दिएका छन् । यसअघि प्रदेश सरकारले सम्झनाको परिवारलाई १ लाख क्षतिपूर्ति दिने निर्णय गरेको थियो ।

प्रदेश सरकारले सुस्मिता दासको उपचारमा समेत सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । १५ वर्षीया सुस्मीता हाल उपचाररत छिन् ।

यसैबीच, मुख्यमन्त्री राउतले एसिड आक्रमणको छानवीन गरी दोषीमाथि कारवाही गर्न कानुनी रायसहित १५ दिनभित्र लिखित प्रतिवेदन पेश गर्न मुख्यन्यायाधिवक्ता दीपेन्द्र झालाई निर्देशन दिएका छन् ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 5 =