माइक्रोबस र बस ठोक्किदा दुई जनाको मृत्यु, चार जना घाइते
२०७४ जेठ १५ गते

“तनहुँ, असोज ९ । पृथ्वीराजमार्ग अन्र्तगत तनहुँको म्याग्दे गाउँपालिका २ मनहरीमा मंगलबार बिहान माइक्रो बस र बस ठोक्किदा दुईजनाको मृत्य भएको छ भने ४ जना घाइते भएका छन् ।
दमौलीबाट पोखरा तर्फ जाँदै गरेको बा ३ ख ४४४२ नम्बरको माइक्रो बस र पोखराबाट सुनौली तर्फ जाँदै गरेको लु १ ख ४१९५ नम्बरको बस ठोक्किदाँ माइक्रो बसमा सवार दुईजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतक मध्ये व्यास– ११ निवासी सरस्वती कुँवरको सनाखत भएको छ भने अर्की एक महिलाको सनाखत हुन सकेको छैन ।
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी प्रमुख एसपी सिद्धिबिक्रम शाहका अनुसार घाइतेहरूलाई थप उपचारका लागि पोखरा लगिएको छ । दुर्घटना बिहान सवा ६ बजेको समयमा भएको हो ।”
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








