प्रधानमन्त्री अाेली अमेरिकी राष्ट्रपति ट्रम्पकाे स्वागत समारोहमा सहभागी

“काठमाडौँ, असोज ९ ।प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा प्रथम महिला मेलानिय ट्रम्पद्वारा सोमबार साँझ आयोजित स्वागत समारोहमा सहभागी भएका छन्।

उक्त समारोहमा प्रधानमन्त्री ओली धर्मपत्नी राधिका शाक्यका साथ सहभागी थिए ।

अमेरिकी राष्ट्रपति ट्रम्प र प्रथम महिला मेलानियले संयुक्त राष्ट्रसङ्घको महासभाको ७३औँ अधिवेशनमा भाग लिन अमेरिका पुगेका  विभिन्न देशका राष्ट्र प्रमुख, सरकार प्रमुख तथा सरकारका प्रतिनिधिको सम्मानमा स्वागत समारोह आयोजना गरेका हुन्।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + six =