दाइजोको विषयमा हिंसा गर्नेलाई तत्काल पक्रन सर्वोच्चको आदेश

नयाँदिल्ली, १३ साउन । भारतको सर्वोच्च अदालतले दाइजोको निहुँमा हिंसा गर्नेहरूलाई तत्काल गिरफतार गर्न आदेश दिएको छ ।

दुई जना न्यायाधिशको बेन्चले पीडित महिलाकी श्रीमान् र सासु ससुरालाई दाइजो प्रथा सम्बन्धि कानुन उलङ्घन गरेको भन्दै गिरफ्तार गर्न आदेश दिएको हो ।

दाइजो विरोधी कानुन उलङ्घन गरेका घटनाहरु भारतमा धेरै हुने गरकाले अदालतले यसमा विषेश चासो देखाएको बताइएको छ । “अदालतमा यस्ता मुद्धा धेरै छन्,” अदालतले भनेको छ ।

अदालतले दिएको आदेशमा दोषीलाई तत्काल कारबाही प्रक्रिया अगाडी बढाउन भनिएको छ । रासस/सिन्ह्वा

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *