सांसदहरूकाे प्राथमिकतामा तिन क्षेत्रको विकास

नेपालगञ्ज , (बाँके) असोज ८ । जिल्लाको दुर्गम क्षेत्र मानिने राप्ती सोनारी र बघौडा क्षेत्रको विकासका लागि यहाँका सांसदहरूले प्राथमिकता दिएका छन् ।

शहरको तुलनामा गाउँको विकासक्रम सुस्त भएकाले अबको प्राथमिकता ग्रामीण विकास भएको बाँके निर्वाचन क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य महेश्वरजङ्ग गहतराजले बताए ।

‘‘सदरमुकाम नेपालगञ्ज भन्दा राप्ती सोनारी र बघौडा क्षेत्रको नरैनापुर पचासौं वर्ष पछि परेको छ,’’
उनले भने “यही गतिमा विकासक्रम अगाडि बढ्ने हो भने शहरको तुलनामा गाउँको विकासमा ठूलो चुनौती देखिने छ ।”

सरकारले ल्याएको ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने नारालाई सार्थक बनाउन राज्यले दिने न्यूनतम आधारभूत सेवा र सुविधासमेत नपाएका ग्रामीण क्षेत्रका बासिन्दाको समस्या सम्बोधन गर्नैपर्नेमा उनले जोड दिए ।
ती दुई गाउँपालिकामा बिजुली बत्ती र सडकको सुविधा पुग्न सकेको छैन । भएको सडक पनि वर्षामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुँदै आएको छ । विद्युत् विस्तार र सडकको स्तरोन्नतिलाई चासोका साथ हेरिएको सांसद गहतराजको भनाइ थियो ।

‘‘एकैसाथ सबै कुराको विकास त सम्भव छैन तर हामीले ग्रामीण क्षेत्रको विकासका लागि प्राथमिकता दिएका छौंँ, उनले भने “विद्युत् आयोजना र हुलाकी सडक समयमै सम्पन्न गर्न अनुगमन, समन्वय र सहजीकरण भइरहेको छ ।”

निर्वाचनका बेला जनतालाई दिएको आश्वासन यथार्थमा परिणत गर्न आफू लागि परेको जानकारी दिँदै सोही क्षेत्रका प्रदेश सांसद कृष्ण केसीले विद्युत् र सडक विस्तारका क्रममा देखिने समस्या हटाउँदै समयमै योजना सम्पन्न गर्न आफू निरन्तर लागिरहेको दशैँसम्ममा ती गाविसमा बिजुली बत्ती बाल्ने तयारीका साथ काम भइरहेको बताए ।

नेकपाका नेता अशोक कोइरालाले ग्रामीण क्षेत्रका बस्तीको विकास निर्माणमा ध्यान दिनु जनप्रतिनिधि सबैको दायित्व भएको बताए ।
रासस”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + sixteen =