तरकारी खरिदबिक्री स्थलभित्र तरकारी भन्दा मदिराको कारोबार

विष्णु जोशी, महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–४ महेन्द्रनगरको एकमात्र तरकारी खरिदबिक्रि हुने शव्जीमण्डी स्थलभित्र तरकारी भन्दा मदिराको कारोबार तीव्र रूपमा भइरहेको खुलेको छ । फलफुल, तरकारी तथा माछामासु जन्य पदार्थको बिक्रीका लागी नगरपालिकाले ९७ पक्की सटर कोठा निर्माण गरेको भए पनि अहिले ४० वटा सटरमा मात्र तरकारी तथा माछामासुको कारोबार भइरहेको छ ।

विचौलियाका कारण मण्डीभित्र तरकारी भन्दा पनि मदिरा र अन्य प्रयोजनका लागि सटर गोदामका रूपमा प्रयोग भइरहेको छ । एकको नाममा भएको सटर भाडैभाँडा हुँदै व्यक्ति व्यक्तिमा पुग्दा जो मण्डिको कारोबार गर्छ उसले सटर नपाँउदा बाहिर बजारमा ठेलामा तरकारी बिक्री गर्न बाध्य समेत हुने गरेका छन् ।

ठेलामा तरकारी बेच्दै आएका भिमदत्त नगरका गगन लुहारले तरकारी मण्डीभित्र सटर भाडामा नपाउँदा ठेलामा तरकारी बिक्री वितरण गर्न लागेको बताउनु भयो। ‘मण्डी भित्र सटर पाईएन्, ‘उनले भने, ‘त्यहाँ मदिरा बिक्रीको कारोबार गर्नेलाई मात्र सटर पाइन्छ ।’ तरकारी खुद्रा तथा फुटपातका व्यवसायीले मण्डी भित्र सटर नपाउँदा बिच बजार अर्थात् यत्रतन्त्र ठेला लिएर तरकारी बिक्री वितरण गरिरहेका छन् । उनीहरूले अव्यवस्थित रूपमा तरकारी बिक्री वितरण गर्दा उपभोक्ता पनि मारमा परेका छन्, भने बजारको सौन्र्दयता हराउदै गइरहेको छ ।

मासुजन्य पदार्थको कारोबारका लागि यहाँका व्यवसायीले बजारको छेउछाँउ, बिच बजारमा बाध्य भएर मासुको कारोबार गर्दा बजारमा झिगाले समेत समस्या उत्पन्न गराएको छ । कञ्चनपुर मण्डी व्यवसायी सङ्घका अध्यक्ष विशाल सोनारले भीमदत्त नगरपालिकाको लार्पबाहीका कारण मण्डी भित्र यस्तो अवस्था मच्चिएको बताउनु भयो। तरकारी बिक्री केन्द्रमा मदिराको कारोबार हुँदा आफूलाई पनि नैतिक सङ्कट उत्पन्न भएको उनको दुखेसो छ । सटर भाडाका विषयमा नगरपालिका सँग पटक पटक पहल गर्दा समेत सुनुवाइ नहुँदा मण्डिभित्र वितन्डा मच्चिएको अध्यक्ष सोनारले बताउनु भयो। तरकारी किन्न जाँदा मण्डिभित्र मदिरा र गोदाम मात्रै भेटिदा उपभोक्ता पनि समस्यामा पर्दै आएका छन् । तरकारी किन्न जाँदा मण्डीभित्र मदिरा र गोदामको मात्रै कारोबार देख्दा उपभोक्ताहरु अचम्म समेत पर्ने गरेका छन् ।

नगरपालिकाले फडकर उठाउने गरेका कारणले नै यस्तो समस्या खडा भएको उनको बुझाई छ । मण्डी बजार व्यवस्थापनका लागि सङ्घले पटक पटक आग्रह गर्दा समेत सुनवार्इ भएको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *