उच्च अदालतको इजलासमै वितण्डा मच्चाए नुरप्रसादले !

“
काठमाडौँ, असोज ८ । गंगामाया अधिकारीका छोरा नुरप्रसाद अधिकारीले पाटन उच्च अदालतको इजलासमा वितण्डा मच्चाएका छन् ।
आफूले वारेस बनेर जिम्मा लिएको मुद्दामा फैसला सदर भएपछि सोही झोकमा नुरप्रसादले अधिकृत रोशन बस्नेतमाथि कुर्सी आक्रमण गरी इजलास तोडफोड गरी वितण्डा मच्चाएका हुन् ।
उच्च अदालतका न्यायाधीश रमेश पोखरेल र शेखर प्रसाद पौडेलको इजलासले जिल्ला कै फैसला सदर उनी आक्रमणमा उत्रिएका हुन् । उनले इजलासका कम्प्यूटर, किताब राख्ने दराज लगायतका सामान समेत तोडफोड गरेका छन् ।
आइतबार अपरान्ह उनले इजलासमा वितण्डा मच्चाएपछि प्रहरीले उनलाई पक्राउ गरेर लगेको उच्च अदालत पाटनले जनाएको छ । उनीमाथि अदालतको अवहेलना मुद्दा लगाउने तयारी छ ।
विनु घतानी सुनारको घरजग्गा मुद्दासम्बन्धी जिम्मा उनले लिएका थिए । काठमाडौं जिल्ला अदालतले उक्त मुद्दामा प्रमाण नपुग्ने भन्दै खारेज गर्ने फैसला गरेको थियो । त्यही फैसलाविरूद्ध विनु उच्च अदालत आएकी थिइन् । घटनापश्चात् उनलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
“








