मुख गन्हाउने समस्या छ ? अपनाउनुस् यस्ता उपाय

मुख गन्हाउने समस्याले मानिससँगको दुरी बढाउन सक्छ । नजिक जान हिच्कीच्याउँछन् । मुख गन्हाउने समस्या छ भने औषधिको रूपमा सुकमेललाई प्रयोग गर्न सकिन्छ । खाना खाइसकेपछि एउटा गेडा सुकमेल मुखमा च्याप्ने बानीले मुख गन्हाउने समस्याबाट विस्तारै मुक्ति पाउन सकिन्छ ।

खाना खाइसकेपछि धनियाँको पात चपाउने बानीले पनि यस्तो समस्याबाट मुक्ति पाउन सकिन्छ । धनियाँले सासलाई फ्रेस बनाउनुका साथै दुर्गन्ध हटाउने काम गर्छ ।

ल्वाङलाई सर्दी भगाउने उपायका रूपमा धेरैले लिने गर्छन् । तर, यसको प्रयोगले सासलाई स्वच्छ र सुगन्धित पार्न पनि मद्दत गर्दछ ।

प्राकृतिक रूपमा सास गनाउने समस्याबाट टाढा रहन पुदिनाको प्रयोग गर्न सकिन्छ । पुदिनाको पातलाई प्राकृतिक माउथ फ्रेसनरको रूपमै लिने गरिन्छ । तर, यसको नियमित प्रयोग आवश्यक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × three =