एसिड आक्रमणमा घाइते सम्झना दासको मृत्यु

“काठमाडौ-एसिड आक्रमणमा परेर घाइते रौतहट चन्द्रनिगाहपुर नगरपालिकाकी सम्झना कुमारी दासको मृत्यु भएको छ। तीजको दर खाएर घरमा सुतिरहेको अवस्थामा उनीमाथि एसिड आक्रम भएको थियो।

उनको अस्पतालमा उपचारको क्रममा  आइतबार राति मृत्यु भएको उपचारमा संलग्न चिकित्सकले जानकारी दिएका छन्।

चिकित्सकका अनुसार बहिनी सुस्मिताको भने केही दिनमा डिस्चार्ज हुँदैछ। आक्रमणमा संलग्न भएको आशंकामा प्रहरीले दासका छिमेकी रामबाबुलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × five =