वेस्टह्यामले रोक्यो चेल्सीलाई

एजेन्सी, असोज ८ ।  चेल्सीले इंग्लिस प्रिमियर लिगमा शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ । आइतबार राति भएको खेलमा वेस्टह्याम युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएपछि चेल्सीले शीर्ष स्थानमा उक्लने मौका गुमाएको हो ।

लन्डन स्टेडियममा भएको खेलमा चेल्सीले खेलभर दवाव सिर्जना गरेपनि गोल  गर्न असफल हुदा बराबरीमा रोकिन बाध्य बन्यो । चेल्सीले वेस्टह्यामको पोस्टमा १७ आक्रमण बुनेपनि गोल गर्न असफल भयो ।

चेल्सीका इडेन हजार्ड र ओलिभर जिरुले गोल गर्न सकेनन् । यससँगै चेल्सीको लिगमा अपराजित यात्रा कायम रहेपनि विजयी यात्रा छैटौ खेलमा आएर रोकिएको छ ।

बराबरी चेल्सी १६ अंकसहित लिगको तेस्रो स्थानमा यथावत छ । शीर्ष स्थानमा रहेको लिभरपुलको ६ खेलबाट १८ अंक छ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको १६ अंक छ । उसले चेल्सीलाई गोलअन्तरमा पछि पारेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 19 =