मलेसियाः विषाक्त रक्सी बिक्रीको आरोपमा ३ नेपाली सहित १० जना समातिए
२०७४ जेठ १५ गते

“
काठमाडौं, असोज ७ । मलेसियामा विषाक्त रक्सी बिक्री गरेको आरोपमा ३ नेपालीसहित १० जना पक्राउ परेका छन् ।
मलेसियामा गत मंगलबार ७ जना नेपालीसहित २९ जनाको ज्यान जाने गरी भएको विषाक्त मदिरा घटनामा पश्चात् सेलेङ्गार प्रहरीले १३ ठाउँमा छापा मारेसँगै घटनामा संलग्न रहेको आशंकामा ३ जना नेपालीसहित १० जनालाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा ३ जना नेपाली, ३ जना मलेसियन, ३ जना भारतीय र एकजना म्यानमारका नागरिक रहेको मलेसियन रहेको मलेसियाली स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
विषाक्त मदिराका कारण हालसम्म २९ जनाको मृत्यु भइसकेको छ भने अझै १९ जनाको अस्पतालमा उपचार भइरहेको छ। १४ जना उपचारपछि फर्किएका छन्।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








