देवी लक्ष्मीलाई मन पर्दैनन् यस्ता वस्तु, घरमा राखेमा हुनेछ नोक्सान !

“
कुनैपनि व्यक्तिको लागी घर आनन्द दिने ठाउँ हुने गर्दछ । घरमा सुख-समृद्धि आउने सिधा सम्बन्ध घरमा राखिएको वस्तुबाट पनि हुने गर्दछ । कैयौँ पटक यस्तो हुन्छ जब हामी जानी-नजानि केहि यस्तो वस्तु घरमा राख्ने गर्छौं, जसको कारणले देवी लक्ष्मी रिसाउने गर्दछिन् र धन हानि हुन थाल्दछ । वास्तु शास्त्रअनुसार घरमा यस्ता वस्तुहरु हुनुहुँदैन ।
१. घरमा बन्द अथवा बिग्रिएको घडीलाई राम्रो मानिँदैन । यसले नकरात्मक उर्जालाई बढाउने गर्दछ । त्यसैले धनको नोक्सान हुनबाट बच्नको लागी बन्द घडीलाई ठिक गर्नु जरुरी रहेको छ ।
२. घरमा मन्दिर विशेष हुने गर्दछ । कहिले पनि घरको मन्दिरमा कुनैपनि देवी–देवताको मूर्ति आमने–सामने राख्नु हुँदैन । यदि छ भने यसबाट समस्याहरु बढ्ने गर्दछ र धन हानि हुन सक्छ ।
३. घरमा कहिले पनि फुटेको सिसा राख्नु हुँदैन । यसबाट नकारात्मक उर्जा आउन थाल्दछ र आर्थिक नोक्सान पनि बढ्ने गर्दछ ।
४. फुटेको, चर्केको मूर्तिलाई पनि राख्न हुँदैन । यसबाट घरमा दरिद्रता आउने गर्दछ । यस्तो खालको मूर्तिहरुलाई नदी या पोखरीमा प्रवाहित गर्दा राम्रो हुन्छ ।
५. घरमा काडाँ भएको बोट–विरुवाहरु राख्न हुँदैन । यसले घरमा तनाव पैदा गराउँछ ।
“








