१३ वर्षिय बालिका सौतिनी बाबुबाट बलात्कृत

“
दाङ ,असाेज ७ । १३ बर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा सौतिनी बाबु पक्राउ परेका छन् ।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ बसपार्क निवासी एकजना झट्केलो बाबुले १३ बर्षीया बालिकालाई पटक पटक बलात्कार गरेको मुद्दा परेको आधारमा निजलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
बालिकाको पटक टकक बलात्कारका कारण योनीमा घाउँ बनेपछि बाँकेस्थित कोहलपुर मेडिकल कलेजमा उपचारका लागि लगेपछि उनी बलात्कृत भएको खुलेको हो।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं डिएसपी प्रकाश सापकोटाले शनिवार साँझ बाँकेवाट उपचार गराएर फर्केका आमा छोरीले बाबुमाथि बलात्कार गरेको किटानी जाहेरी दर्ता गराएका हुन् ।
पछिल्लो पटक भदौ २९ गतेपनि बालिका माथि बाबुले जवरजस्ती बलात्कार गरेको भन्ने जाहिरीमा उल्लेख गरिएको छ । डिएसपी सापकोटाले भने । कसैलाई नभन्नु भन्ने बाबुको धम्कीले बालिकाले पीडा सहेरै धेरै दिन बस्ने प्रयास गरेको तर योनीमा घाउ नै भएपछि आमाले उपचारको लागि बाँकेस्थित कोहलपुर अस्पताल पुर्याएपछि डाक्टरले सोध्दा बाबुको कुकर्म सार्वजनिक भएको प्रहरीको भनाइ छ ।
घटना पुष्टि भएपछि मात्रै बालिकाकी आमाले जिल्ला प्रहरी कार्यालय बाँकेमा पुगेर छोरी बाबुबाट बलात्कार भएको जानकारी दिइन त्यसपछि बाँके प्रहरीले इलाका प्रहरी कार्यालय तुलसीपुरलाई घटनावारे जानकारी दिदै तत्काल दोषीलाई पक्राउ गर्न आग्रह गरेको थियो ।
जानकारी पाए लगतै ईप्रका तुलसीपुरले बलात्कारका अभियुक्त बाबुलाई शनिवार नै पक्राउ गरेको डिएसपी सापकोटाले जानकारी दिए । मेडिकल रिपोर्टले समेत बालिका माथि बलात्कार भएको पुष्टि भइसकेको छ । यसको अनुसन्धान जारी रहेको सापकोटाले जानकारी दिए ।
“








