एलएलबी पढ्नको लागि सुनौलो अवसर पहिलो भर्ना अशोज १५ सम्म

काठमाडौं , असोज ७ । एलएलबी पहिलो वर्षमा भर्ना हुनका लागि प्रवेश परीक्षा नदिएकाहरूले पनि भर्ना हुन पाउने भएका छन् । नेपाल ल क्याम्पसले दिएको जानकारी अनुसार प्रवेश परीक्षामा भाग नलिए पनि पढ्न चाहनेका लागि यहि असोज १५ गतेसम्म भर्ना लिइनेछ ।

क्याम्पस प्रमुख डा. डी एन पराजुलीका अनुसार छुट भर्ना अन्तगर्त पुनः भर्ना खुलाइएको हो । यस अगाडि पहिलो वर्षको भर्ना भदौ २५ गतेसम्मका लागि तोकिएको थियो । भदौ २५ गतेसम्म ३ हजार ६४५ जना विद्यार्थी भर्ना भएको पराजुलीले जानकारी दिए ।

भर्ना गर्नका लागि ९ हजार १५० रूपैयाँ लाग्नेछ । साथै स्नातक तह उत्तीर्ण ट्रान्सक्रिप्ट, नेपाली नागरिकताको प्रमाणपत्र, चारित्रिक प्रमाणपत्र, नोटरी पब्लिकबाट प्रमाणित प्रतिलिपी एक(एक प्रति), नोटरी बाट प्रमाणित नभएमा अनिवार्य रूपमा सक्कली प्रति बुझाउनु पर्नेछ ।

हालसालै खिचिएको पासपोर्ट साइजको फोटो ३ प्रति, नेपाल बैंकमा रकम जम्मा गरेको भौचर१ प्रति, त्रिविभन्दा अन्य विश्वविद्यालयबाट स्नातक तह उत्तीर्ण भएको भए त्रिविबाट समकक्षता खुल्ने कागजात एक प्रति आवश्यक पर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × four =