थाइल्याण्डको शैक्षिक भ्रमणको अनुभव लिएर फर्किए मेरिल्याण्ड कलेजका विद्यार्थी

“
विराटनगर, असोज ७ । पूर्वमै पहिलोपटक बेलायतको विश्वविद्यालयसँग सहकार्य गरि सञ्चालनमा आएको विराटनगरको मेरिल्याण्ड कलेजका विद्यार्थीले वैदेशिक शैक्षिक भ्रमणको अनुभव लिएर फर्केका छन् ।
बेलायतको वाल्भरह्याम्टन विश्वविद्यालयको बिबिएम कोर्ष पढिरहेका १० जना विद्यार्थी एक हप्ताका लागि युनिभर्सिटी अफ थाई च्याम्बर अफ कमर्सको सहकार्यमा थाइल्याण्ड गएका थिए ।
इनोभेट नेपाल ग्रुपको व्यस्थापनमा सञ्चालित ५ वटा कलेजहरुबाट कुल १ सय विद्यार्थी उक्त शैक्षिक भ्रमणमा गएका थिए ।
युनिभर्सिटी अफ थाई च्याम्बर अफ कमर्सको सहकार्यमा भएको शैक्षिक भ्रमणबाट धेरै अनुभव प्राप्त गर्न सकेको कलेजमा तेस्रो बर्षमा अध्ययनरत विद्यार्थी इन्साफ पोखरेलले बताए । भ्रमणले सबै विद्यार्थीमा विषयगत ज्ञानका साथै अन्तर्राष्ट्रिय व्यापार, काम गर्ने शैली, उद्यमशीलता लगायतका धेरै विषयमा लिएको अनुभवले पढाइ साथै आफ्नो करियरमा ठुलो महत्व राख्ने अर्का विद्यार्थी सुमन मगर बताउँछन् ।
विद्यार्थीलाई किताबी ज्ञानका साथै अन्तर्राष्ट्रिय शैक्षिक अनुभवले क्षमतावान बनाउने विश्वास कलेजले लिएको कलेजका बिजनेस डेभलपमेन्ट म्यानेजर विवेक दाहाल बताउँछन् ।
इनोभेट नेपाल ग्रुपको व्यस्थापनमा सञ्चालित यस कलेजमा बेलायतको बिजनेस डिग्री (बिबिएम) सर्वशुलभ शुल्कमा अन्तरास्ट्रियस्तरमा नै पढाइ हँुदै आएको छ । इनोभेट नेपाल ग्रुपको व्यस्थापनमा इस्लिंग्टन कलेज काठमाडौं , हेराल्ड कलेज काठमाडौं । मेरिल्याण्ड कलेज विराटनगर , इटहरी इन्टरनेसनल कलेज र इन्फोम्याटिक्स कलेज पोखरा सञ्चालनमा रहेका छन् ।
“








