गायक रामचन्द्र काफ्लेकाे ‘बिदेशीय’ सार्वजनिक (भिडियाे सहित)

असाेज ६, काठमाडाैं । संगित छेत्रमा आवद्द लोकप्रिय गायक राम चन्द्र काफ्लेकाे नयाँ गीत ‘बिदेशीय’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतलाई गायक रामचन्द्र काफलेले आफनै अफिसियल य्रट्युव च्यानलमार्फत सार्वजनिक गरेका छन ।

एउटा समाज र परिवारमा घटेको कथा र ब्यथालाइ एउटा कलात्मक रुपले आफ्नो सुभचिन्तक अनि सम्पूर्ण संगीत प्रेम देखि लिएर सम्पूर्ण समाजलाई प्रस्तुत गरि भिडियो सार्वजनिक गरिएकाे छ । गायक रामचन्द्र काफ्लेले पैसाको कमिले जिवनमा अाइपर्ने असहजता असन्तुष्ठिकाे कथालार्इ गीतले बाेकेकाे बताए । ‘याे गीत हाम्रै समाज,देश अनि त्यो परिवारको कथा अनि व्यथा हो ।’ उनले भने ।

सार्वजनिक गीतमा गरिबी मानबिय संवेदना र वास्तविक जीवनलार्इ चित्रण गरिएको छ । पैसा कमाउन हिँडेको श्रीमानलाइ छलेर,उसको बिस्वासलार्इ तोडेर आफु खुसि हुने र रमाउने प्रायः हाम्राे समाजमा घटिरहने पारिवारिक घटनालार्इ भिडियोमा उतारिएकाे छ ।

गीतमा रामचन्द्र काफ्लेकाे एकल आवाज सुन्न सकिन्छ भने शब्द दिनेश सुबेदीकाे रहेको छ । शब्दलार्इ संगित र एरेन्ज भने बाबुल गिरिले भरेका छन् । गीतको म्युजिक भिडियोलाई गायक साशन कंडेलले कलात्मक तरिकाले निर्देशन गरेका छन ।

गीतको भिडियोमा मोडल सम्पदा बानिया र कलाकार विजय बराल मुख्य भूमिकामा छन । भिडियोलाई अर्जुन तिवारी अनि उसको टिमले खिचेका छन् र सम्पादन निशान घिमिरेको रहेको छ ।

हेर्नुहाेस भिडियाे

https://www.youtube.com/watch?v=7NXLSaUP2K4″

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − five =