सुस्ताउदै गरेको साहित्य कला संस्कृतिलाई उठाउने उदेश्यले ‘प्रकटका प्रणय गजलहरु’ नामक कार्यक्रम

“
भरतराज शर्मा (गोपाल)
धरान, असोज ६ । सुस्ताउदै गरेको साहित्य कला संस्कृतिलाई उठाउने उद्देश्यले सुनसरीको धरानमा यहि असोज २७ गते प्रकटका प्रणय गजलहरु” बाचन कार्ययक्रम हुने भएको छ ।
पहिलाको तुलनामा हाल धरानमा साहित्यीक गतिविधी प्राय सुन्य भएकोले यस्तो कार्यक्रमको माध्यमबाट साहित्यलाई पुर्नजागरण गर्ने उद्देश्यले यस्तो कार्यक्रम गर्न लागेको साहित्य कला संस्कृति प्रतिष्ठानका संयोजक गोपाल प्रयासले जानकारी दिए ।
जहाँ पोखराका बरिष्ट गजलकार प्रकट पंगेनी सिवाको सो गलल बाचन कार्यक्रम गरिनेछ । साथै सोही कार्यक्रमबाट उठेको रकम धरानका
नाट्यकर्मी तथा पत्रकार प्रबिण राईको मृगौला उपचारका लागी समेत सहयोग गरिने प्रयासले जानकारी दिए ।
प्रयासले धरानमा अन्य कार्यक्रमलाई प्राथमिकता सहित ब्यपारिक संघ संस्थाले प्रयोजन गरेपनि साहित्यक कार्यक्रमलाई भने उपेक्षा समेत गरिएको र अबको दिनमा यस्तो संघसंस्थाले साहित्यक कार्यक्रमहरुलाई पनि सांस्कृतिक जगना गर्न सोचाइले नै प्रायोजन गरिदिनुहुन अनुरोध गरे ।
आउदो २७ गते धरानमा हुने कार्यक्रमका लागी सो संस्थाले आफना मातहतका तदर्थ समिती समेत गठन गरेको छ । जसको संयोजकमा गोपाल प्रयास सदस्यहरुमा कृष्ण कुमार लावती,मणी राई गोठाले,हेमन्त निरौला,बिष्णु चौलागाई,प्रफुल्ल भण्डारी,तारा श्रेष्ठ,गोमा पौडेल तथा पछि थप एक जना रहनेछ ।
त्यस्तै सोही संस्थाका सल्लाहकारहरुमा प्रा.डा. गोपाल भण्डारी,कबि तथा साहित्यकार बम देवान,कुन्ता शर्मा,बेणु आचार्य,र राजेश बिद्रोही रहेका छन । विद्यामा
नव गठित सो संस्थाले धरानमा कला साहित्य र संस्कृति बिद्यामा हरेक महिना कार्यक्रम गर्ने संस्थाका नव गठित संयोजक गोपाल प्रयासले जानकारी दिए । साथै उहाले असोज २७ गते हुने साहित्यीक जर्गनाका लागी धरानमा प्रकटका प्रणय गजलहरु कार्यक्रममा टिकट काटी सहयोग गरिदिनुहुन आग्रह पनि गरे ।
“








