फुटबल प्रशिक्षणमा चार सय बालबालिका

सुनसरी, असोज ६ । साना बालबालिकालाई फुटबल खेलमा प्रोत्साहित गर्न इटहरीमा ग्रास रुट फुटबल सुरु भएको छ । एक सातादेखि बिभिन्न उमेरका बालबालिका प्रशिक्षणमा छन् । ग्रास रुट फुटवलको आयोजना एन्फा सुनसरीले गरेको हो ।

अघिल्लो बर्ष दुई सयजना बालबालिका सहभागि भएकोमा यो पटक चार सय जना छन् । इटहरीका बिभिन्न बिद्यालयका बिद्यार्थीहरु यसमा सहभागि छन् ।
एन्फा सुनसरी अध्यक्ष केशव कार्कीले खेलमा साना बालबालिकालाई प्रोत्साहन गर्न र दक्ष खेलाडी उत्पादन गर्न यो कार्यक्रम ल्याइएको बताए ।

कार्कीले यो कार्यक्रम एन्फाको क्यालेण्डरमा परेको भन्दै तर सहयोग भने कतैबाट आइ नसकेको तर एन्फाबाट बल, कोणहरु आएको बताए ।

एन्फा सुनसरी अध्यक्ष कार्कीले बालबालिकालाई खुवाउने जुस, बिस्कुट र उनीहरुले लगाउने बुटलगायतका सामाग्रीहरु पनि बिभिन्न निजी क्षेत्रसँग सहयोग जुटाएर बितरण गरिइरहेको बताए ।

कार्कीले आफूहरुले सरकारी र निजी विद्यालयहरुलाई समेत सहभागिताका लागि बोलाएपनि सरकारी बिद्यालयहरुले भने मिति र समयमा झुक्किएर बिद्यार्थी पठाउन नभ्याएको प्रतिक्रिया दिएको बताए ।

उनले सरकारी र निजी बिद्यालयहरुलाई समान अवसर दिएको तर यो बिषयलाई अनावश्यक उछालिँदै गरेको भन्दै आफुहरुले बिभेद गर्नुपर्ने कुनै कारण नभएको जिकिर गरे ।

आएका चार सय विद्यार्थीलाई फुटबल सिकाउने र पछि २२ जनालाई अन्तीम छनौट गरेर बन्द प्रशिक्षणमा राखिने कार्कीको भनाई छ । हाल ८ देखि १२ बर्ष सम्म र १२ वर्षदेखि ३०बर्ष सम्मका गरेर दुई समुह रहेको र नियमित तालिमको लागि ए एफ सीको बी लाइसेन्स होल्डर कोच श्याम मानन्धर छन् ।

ग्रासरुटको टेक्निकल डाइरेक्टर सञ्जय सिंह काठमाडौबाट आउन लागेको र मानन्धर आईसकेपछि अझ व्यवस्थित तरिकाले कसरी सञ्चालन गर्ने भन्ने बारे कुरा हुने एन्फा सुनसरी अध्यक्ष कार्कीले जानकारी दिए ।

फुटवल खेलमा इटहरीबाट धेरै राष्ट्रिय खेलाडीहरु अहिले धमाधम उत्पादन भइरहेको भन्दै कार्कीले यो प्रशिक्षणले अझ धेरै खेलाडी उत्पादन हुने बिश्वास लिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − two =