शिक्षक खुर्सिद अन्सारीकाे शव उठ्याे, प्रशासनसँग ८ बुँदे सहमति

असाेज ५, सुनसरी। खुर्सिद अन्सारीलार्इ सहिद घाेषणा गर्नुपर्ने तथा बारम्बार मुस्लिम अगुवाहरू माथि भर्इरहेकाे अाक्रमणकाे छानवनि गर्न उच्चस्तरीय छानविन समिति गठन गर्ने र गृहमन्त्री सँग प्रत्यक्ष छलफल गर्न पाउनुपर्ने सहमति भएपछि अाज अन्सारीकाे शव उठेकाे छ ।

खुर्शिद अन्सारीकाे शव २४ घण्टा पछि परिवारले शव बुझेका हुन् । अन्सारीलार्इ सरकारले सहिद घोषणा गर्नुको साथै क्षतिपुर्ती स्वरुप १० लाख दिलाउन मन्त्रिपरिषदमा लैजाने सहमती भएपछि परिवारले शव बुझेका सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेम प्रकाश उप्रेतीले बताए ।

सहमति पश्चात अहिले सुनसरीकाे भुटाहा बजारमा जारी विराेध प्रदर्शन स्थगित भएकाे प्रजिअ उप्रेतीले जानकारी दिए । परिवारले शव बुझेपछि आलमको शव पोष्टमार्टमको लागी धरानस्थित विपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान लगिएको छ ।

जिल्ला सुरक्षा समितिसँग पिडित परिवार र प्रदर्शनकारी विच ८ बुँदे सहमति भएपछि बिहीबार हत्या गरिएका अन्सारीको शव उठेकाे छ ।

सहमतिमा पीडित परिवारलाई क्षतिपूर्ति दिनुपर्ने, सहिद घोषणा गर्ने, स्थानीय प्रहरी युनिटको टोली परिवर्तन गर्ने, बारम्बार मुस्लिम अुगुवामाथि हुने आक्रमणको छानबिन गर्न उच्च स्तरीय समिति गठन गर्नुपर्ने, गृहमन्त्रीसँग छलफल गर्न पाउनुपर्ने माग समेटिएकाे छ । जसमध्ये सहिद घाेषणा र १० लाख क्षतिपुर्ति दिने विषय मन्त्री परिषद्ले गर्ने प्रजिअ उप्रेतीले जानकारी दिए ।

भारतबाट आएको ४ जनाको समुहले बिहीबार ११ बजेतिर हरिनगर वडा नं. २ को भूटाहा बजार नजिकै सञ्चालित रैरयान नेशनल स्कुलका सञ्चालक तथा प्रिन्सिपल ५० बर्षीय मौलाना खुर्सिद आलमको गोेली हानी हत्या गरेको थियो ।

खुर्सिदकाे श्रद्धान्जलीमा नेकपाका जिल्ला, प्रदेश र केन्द्रका नेताहरूकाे सहभागिता

हत्या गरिएका शिक्षक तथा नेकपा जिल्ला कमिटि सल्लाहकारकाे श्रद्धान्जली कार्यक्रममा नेकपाका जिल्ला, प्रदेश र केन्द्रिय तहका नेताहरूकाे उपस्थिति रहेकाे थियाे ।

नेकपाकी केन्द्रिय सदस्य नेतृ भगवती चाैधरी, प्रदेश नं. १ इन्चार्ज भीम अाचार्य, नेता मुक्साहाङ मेन्याङ्वाे, महफुस अालम लगायतकाे उपस्थिती रहेकाे थियाे । कार्यक्रममा भीम अाचार्य, महफुस अालम लगायतले खुर्सिद अन्सारीकाे ब्यक्तित्वका बारेमा बाेलेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × one =