नवौं राष्ट्रिय सिन क्योकुशिन कराँते प्रतियोगिता चन्द्रागिरिमा

काठमाडौँ, असोज ५ । राजधानीको चन्द्रागिरिमा दुई दिने राष्ट्रिय सिन क्योकुशिन कराँते सुरू भएको छ ।

नेपाल सिन क्योकुशिन कराँते संघ शाखा गुर्जुधारा द्वारा आयोजित प्रथम चन्द्रागिरि मेयर कप तथा नवौं राष्ट्रिय सिन क्योकुशिन कराँते प्रतियोगिता २०७५ सुरू भएको हो ।

कार्यक्रमको उद्घाटनमा बोल्दै नेपाल फुल कन्ट्याक्ट कराँते महासंघका अध्यक्ष दमन बस्नेतले खेलकुदको माध्यमबाट समाज रूपान्तरणका साथै देशको नाम विश्व जगतमा पुर्याउने कुरामा सबैको साथ र सहयोगको खाँचो रहेको औँल्याए ।

उनले खेलाडीहरूलाई नेपाल सरकारले गर्ने आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा उच्च स्थान हासिल गर्न खेलाडीहरूलाई विशेष रूपमा रहन आग्रह गरे ।

कार्यक्रममा वोल्दै चन्द्रागिरि नगरपालिका १२ का अध्यक्ष प्रकाश श्रेष्ठले खेलकुदको विकासका लागि सरकारले विषेश पहल गर्नु पर्ने धारणा राखे ।

कार्यक्रमका नेपाल सिन क्योकुशिन कराँते संघ शाखा गुर्जुधाराका अध्यक्ष विक्रम नकर्मीले कराँते खेललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा विकास गर्न सरकारले खेल क्षेत्रमा लगानी वृद्धि गर्नुपर्नेमा जोड दिए ।

दुई दिन सम्म चल्ने खेलमा पहिलो हुने विजेताले ट्रफि, मेडल तथा नगद १५ हजार प्राप्त गर्नेछन् । दोश्रो हुनेले ट्रफि, मेडल तथा नगद १० हजार प्राप्त गर्नेछन् भने तस्रो हुनेले नगद ५ हजार सहित ट्रफि, मेडल सिल प्राप्त गर्नेछन् । उत्त प्रतियोगितामा विभिन्न जिल्लाहरूबाट १२६ जना खेलाडीहरू विच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − eight =