मोटरसाइकललाई ५ लिटर मात्रै पेट्रोल, कारलाई बढीमा १५ लिटर

काठमाडौँ, असोज ५ । ट्यांकर चालकको हड्तालका कारण नियमित आपूर्ति असहज भएपछि नेपाल आयल निगमले पेट्रोलियम पदार्थ बिक्री वितरणमा कोटा प्रणाली लागु गरेको छ ।

नेपाल आयल निगमले शुक्रबार पत्र पठाउँदै बाइक, कार र लामो दूरीका सवारी साधनलाई तोकिएको परिणाममा तेल दिन निर्देशन दिएको हो ।

जसअनुसार निगमले मोटरसाइकल र स्कुटरलाई बढीमा पाँच लिटर, हल्का सवारी साधन कार तथा भ्यानलाई बढीमा १५ लिटर, डिजलबाट सञ्चालन हुने छोटो दूरीका सवारी साधनलाई बढीमा ५० लिटर दिन तेल दिन निर्देशन दिएको छ भने र लामो दूरीका सवारी साधनलाई बढीमा सय लिटर तेल दिने व्यवस्था गर्न निर्देशन दिइएको छ ।

निगमले एम्बुलेन्स, स्कुल बस तथा सरकारी सवारी साधनलाई उच्च प्राथमिकतामा तेल दिन निर्देशन दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + eighteen =