आज र भोलि देशभर वर्षात् हुने, हिमाली क्षेत्रमा हिमपात
२०७४ जेठ १५ गते

“
काठमाडौँ, असोज ५ । उपत्यकालगायत देशका विभिन्न क्षेत्रमा आज र भोलि वर्षा तथा हिमपात हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
भारतको बंगालको खाडीमा आएको बाय नामको समुन्द्री आँधीको कारण दुई दिनसम्म उपत्यकालगायत देशका विभिन्न स्थानमा हल्का वर्षा हुने, हिमाली क्षेत्रमा हिमपात हुने सम्भावना रहेको मौसविद्ले जानकारी दिए ।
राजधानी लगायत देशको पूर्वी क्षेत्रमा भोलि बेलुकाबाट मौसममा सुधार आए पनि पश्चिम क्षेत्रमा भने अझै तीन चार दिन प्रभावित हुने महाशाखाको अनुमान छ ।
समुन्द्री आँधी जम्बु कास्मिर हुँदै पश्चिम–उत्तरतर्फ आइरहेको छ । नेपालमा भने प्रवेश गरिसकेको छैन। यसैको असर नेपालमा देखिएको मौसविदको भनाइ छ ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








