‘मानसिक रोगी’ लाई कुटपिट गर्ने प्रहरीमाथि छानविन सुरु

काठमाडौँ, असोज ५ । काठमाडौँको गोंगबुस्थित शिव मन्दिर चोकमा गत सोमबार एक प्रहरी अधिकारीले मानसिक रोगीमाथि निर्घात कुटपिट गरेको भिडियो भाइरल भएसँगै प्रहरी प्रधान कार्यालयले यस घटनाबारे छानविन गर्न तीन सदस्यीय छानविन समिति गठन गरेको छ ।

घटनाको यथार्थ बुझ्नका लागि महानगरीय प्रहरी वृत्त, महाराजगञ्जका प्रहरी निरीक्षक महेन्द्र दर्लानको नेतृत्वमा समिति गठन गरी आन्तरिक छानविन सुरु गरिएको हो ।

यर्थाथ विवरण पत्ता लगाएर प्रतिवेदन पेश भएपछि समितिको निष्कर्ष अनुरुप कारबाही प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × five =