आर्यन र श्रृष्टीको ‘बाँध मायाले’ रिलिज
२०७४ जेठ १५ गते

“काठमाडौं, असोज ५ । नायिका श्रृष्टी श्रेष्ठ र नायक आर्यन अधिकारीको मुख्य भूमिका रहेको चलचित्र ‘बाँध मायाले’ आजबाट रिलिज भएको छ ।
सविर श्रेष्ठको निर्देशनमा तयार भएको यो लभस्टोरी चलचित्रले दर्शकको मन जित्ने विश्वास गरिएको छ । चलचित्रले सिंगल र मल्टिप्लेक्समा राम्रो कमाई गर्ने अपेक्षा यसको निर्मातालाई छ ।
चलचित्रको गीतसंगीत र ट्रेलरलाई दर्शकले राम्रो प्रतिक्रिया दिएकाले पनि दर्शकले चलचित्र मन पराउने अपेक्षा गरिएको छ । मल्टिप्लेक्समा चलचित्रले कम शो पाएको छ । हिन्दी र नेपाली चलचित्रसँग भिडन्त गर्नु परेकाले यसले कम शो पाएको हो ।
दुई अनाथ यूवायूवतीको कथामा यो चलचित्र बनेको छ । मायामा के सम्म हुन्छ र प्रेम भनेको के हो भन्ने चलचित्रले सिकाउने निर्देशक श्रेष्ठ बताउँछन् ।”
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








