युरोपा लिगमा इंग्लिस क्लब चेल्सीको कठिन जित
२०७४ जेठ १५ गते

“एजेन्सी, असोज ५ । युरोपा लिग फुटबलको समूह एलमा रहेको इंग्लिस क्लब चेल्सीले ग्रिसको पाओके एफसीमाथि १–० को कठिन जित निकालेको छ ।
विहीबार रातिको खेलमा पहिलो हाफको ७ औं मिनेटमा गरेको गोल नै चेल्सीका लागि निर्णायक सावित भयो । चेल्सीका विलियन डि सिल्भाले एकमात्र निर्णायक गोल गरेका थिए ।
यो समूहको अर्को खेलमा बेल्जियमको जेनेकले स्वीडेनको माल्मोलाई २–० ले पाखा लगाएको थियो । जेनेकको जितमा लियोनार्दो टोसाडले ३७ औं तथा मिवाना स्मत्ताले ७७औ मिनेटमा गोल गरेका थिए ।”
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








