आजदेखि इन्द्रजात्रा शुरु

“काठमाडौं, असोज ५ ।  इन्द्रजात्रा पर्व आजबाट शुरु हुँदैछ । इन्द्रजात्राको लिङ्गो शुक्रवार बिहान ८ः०५ बजे ठड्याएर इन्द्रध्वजोत्थान गरिँदैछ ।

विशेष गरी काठमाडौंमा एकसातासम्म यो जात्रा उत्सवका साथ मनाइन्छ । भक्तपुरको चित्तपोलबाट ल्याइएको लिङ्गो अहिले हनुमानढोका तलेजुको मूल प्रवेशद्वार बाहिर छ । शुक्रवार काठमाडौंका मानन्धर समुदायले यसलाई ठड्याउने छन् ।

इन्द्रजात्रा पौराणिककालदेखि नै मनाउँदै आएको भएपनि यो जात्रामा काठमाडौंका अन्तिम मल्ल राजा जयप्रकाश मल्लले त्यससँगै श्रीकुमारी रथयात्रा चलाएपछि काठमाडौँको तत्कालीन मध्य भित्री सहरमा यो रथयात्रा हुँदै आएको छ ।

असोज ८ गते रथयात्रा जैशिदेवल चिँकमुगल भई लगनटोल पुगेर उसै साँझ फर्कने र १२ गते नरदेवी पुगेर फर्कने र अन्तिम दिन नानीचयात्रा भनेर १२ गते किलागल पुगेर फर्काइने छ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × five =