नवलपरासीमा रात्रिबस दुर्घटना हुँदा ३२ यात्रु घाइते

नवलपरासी, असोज ५ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको मध्यविन्दु नगरपालिका–११ कुसुण्डेमा गएराति रात्रिबस दुर्घटना हुँदा ३२ यात्रु घाइते भएका छन् ।

काठमाडौंबाट दाङका लागि छुटेको ना६ख ९२८ नं को यात्रुवाहक बस विपरीत दिशाबाट आउँदै गरेको आरजे १४ जिसी ३८४९ नं को भारतीय ट्रकसँग ठोक्किएर दुर्घटना भएको हो । कम्तीमा ५० जना सवार बस सडकदेखि ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय, नवलपारसीले जनाएको छ ।

घाइतेमध्ये १३ जनाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ भने अन्य १९ को स्थानीय मेडिकलमा उपचार भइरहेको छ । उनीहरुको अवस्थाबारे केही बताइएको छैन ।

दुर्घटनास्थलमा अहिले राजमार्ग एकतर्फी रूपमा सञ्चालनमा रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 4 =