विवेकशीलबाट बाढीपीडितलाई राहत

राजविराज, १३ साउन । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–३ स्थित साबिकको पोर्ताहा–७ महुली खोलाबाट प्रभावित एवम् पीडित भएकालाई बिहीबार यहाँ राहत वितरण गरिएको छ ।

महुली खोलामा आएको बाढीले बाँध भत्केपछि बाढीबाट पीडित भएका ८० घरपरिवारलाई विवेकशील साझा पार्टीले राहत वितरण गरेको स्थानीय राजेन्द्र मिश्रले बताउनुभयो ।

सो पार्टीले प्रतिपीडित परिवारलाई एउटा बाल्टी, तीन प्याकेट चाऊचाऊ, चार केजी चिउरा, लत्ताकपडा लगायतका सामग्री वितरण गरिएको मिश्रले जानकारी दिनुभयो ।

पार्टीका तर्फबाट माधव कुमार, उमानन्द रजकलगायत स्थानीयवासी र इलाका प्रहरी कार्यालय भारदहका सई भवानी ठाकुरको उपस्थितिमा सो राहत वितरण गरिएको थियो । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 10 =