साबधान ! दशैंकाे माैकामा राजधानीमा भित्रँदैछन् मरेका खसीबाेका

असाेज ४, काठमाडाैं । दसैं नजिकिँदै गर्दा दाङबाट राजधानी भित्रिन लागेका बसको डिक्कीमा ३ वटा मरेका खसी भेटिएका छन् । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले काठमाडौं भित्रिने नागढुंगा नाकामा चेकजाच गर्ने क्रममा ना ४ ख ६७७४ नम्बरको यात्रुवाहक बसको डिक्कीमा राखेर ल्याउँदै गरेका ३ वटा मरेका खसी भेटेको हो ।

महानगरीय प्रहरी प्रभाग नागढुङ्गाका प्रहरी निरिक्षक केशवराज भट्टले चाडपर्वकाे माेका छाेपी मरेका पशुपन्छी भित्राउन नदिन प्रहरी विशेष निगरानी बढाउने बताए । निरिक्षक भट्टका अनुसार सार्वजनिक बसको डिक्कीमा राखेर खसी बोका तथा चौपाया ढुवानी गर्नु कानुनविपरीत भएकाले त्यस्ताे पाए कारभाही गरिने बताए ।

उनले पशु ढुवानी मापदण्ड विपरित ती चालक र सहचालकले पशु ढुवानी गरेको र त्यसमा पनि मरेका भेटिएकाले ती दुवै जनालाई पशु नियमावली अनुसार कारबाही गरिने जानकारी दिए ।

दशैं नजिकिँदै गर्दा राजधानीमा विभिन्न नाकाबाट लाखाैं खसीबाेका भित्रने गर्दछन् ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four − one =