गृहमन्त्री नअाएसम्म शव नउठाउने स्थानीयकाे माग

“
असाेज ४, सुनसरी । शिक्षक मौलना खुर्शिद इस्लाहीकाे अज्ञात समुहले दिन दहाडै हत्या गरेपछि अाक्राेसित स्थानीयले सुनसरीकाे भुटाहा सडकमा शव राखेर प्रदर्शन गरिरहेका छन् ।
दिउसाे पाैने ११ बजे नै घटना घटेकाे र तत्काल प्रहरीले एक्सन लिएकाे भए अपराधी पक्राउ गर्न सक्ने भएपनि प्रहरीले कुनै सहयाेग नगरेकाे स्थानीयले बताएका छन् ।
उनीहरूले दिउसै शव प्रहरीबाट खाेसी भुटाहा चाैकमा राखेर प्रदर्शन गरिरहेका छन् । स्थानीय सञ्चारकर्मी नसिम अन्सारीका अनुसार हज्जाराैंका संख्यामा भेला भएका स्थानीयले गृहमन्त्री अाएर घटनाकाे सत्यतथ्य नबुझेसम्म शव नदिने र सडक नछाड्ने अडान लिएका छन् ।
घटना घटे लगत्तै प्रहरी प्रशासनलार्इ खबर गरेपनि उनीहरूले कुनै तदारूकता नदेखाएकाे, हत्यारालार्इ प्रकाउ गर्न सक्ने अवस्था भएपनि खाेजतलाश नगरेकाे भन्दै स्थानीयले प्रहरी प्रशासन विरूद्ध चर्का नाराबाजी गरिरहेका छन् । प्रहरी घटना घटेपछि करिब ३० मिनेट पछि घटना स्थलमा अाएकाे थियाे ।
स्थानीय समुदायमा राम्राे छवी बनाएका शिक्षक मौलना खुर्शिद इस्लाहीलार्इ सुनियाेजित रूपमा हत्या गरिएकाे स्थानीयकाे भनार्इ छ । नेकपा एमाले सुनसरी जिल्ला सल्लाहकार, स्कूल सञ्चालक तथा समाजसेवा मा सक्रिय माैलानालार्इ सात वर्ष अघि फैजान अहमदकै झल्काे दिने गरी हत्या गरिएकाे स्थानीयकाे धारणा छ ।
पछिल्लो केही वर्ष यता माैलाना मुस्लिमहरुको धार्मिक संस्था ‘तावा एण्ड इस्लाह सेन्टर नेपाल’मा सक्रिय थिए । उनी अाज विद्यालयकाे बैठक सकिएपछि सालाे अमिन मियाँको मोटरसाइकलमा खाना खानका लागि घर फर्कँदै थिए ।
उनलार्इ विद्यालयबाट ४० मिटर हिँड्नेबित्तिकै बीच बजारमा पछाडिबाट पछ्याउँदै २ वटा मोटरसाइकलमा आएका चार जना हतियारधारीले मोटरसाइकल रोकेर नजिकैबाट हतियारधारीले छाती र घाँटीमा गोली हानी हत्या गरेका छन् ।
गाेली प्रहार गरेपछि हत्याराहरू भारत तर्फ भागेकाे स्थानीयकाे भनार्इ छ । सुनसरीकाे भुटाहा मुस्लिम समुदायकाे बाहुल्यता भएकाे क्षेत्र हाे । मध्याह्नको बेला भएकाले अाज भुटाहा बजार सुनसान थियो ।
माेटरसार्इकल राेकेर गोली प्रहार गरेपछि माैलानाका सालाे अमिनले हल्लाखल्ला गरेपछि हत्याराहरू दक्षणी भेग तर्फ गएका थिए । माैलानामा सालाे अमिनले प्रहरीलार्इ तत्काल खबर गरेपनि पक्राउ नगरेकाे बताए ।
शिक्षक मौलना खुर्शिद इस्लाहीलाई भारतीय समुहले गोली हानी हत्या गरी भारतीय सिमा क्षेत्र प्रवेश गरेकाे भन्दै स्थानिय प्रशासनले सुनसरीका सिमा क्षेत्र शिल गरेकाे छ । हत्यारा भारततर्फ फरार भएको सूचनाका आधारमा सीमानाका शिल गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले जानकारी दिए ।
नेकपा एमालेका स्थानीय नेताहरूले मौलना खुर्शिद इस्लाहीकाे हत्यामा सार्पशुटर प्रयाेग भएकाे हुनसक्ने बताएका छन् । सार्पशुटरले माैलानालार्इ गाेली प्रहार गरेर भाग्दा सीमा कट्न लाग्दा घुस्की प्रहरी चौकीले रोक्न खाेज्दा प्रहरी जवान शिवकुमार पौडेललाई समेत गोली हानी फरार भएका छन् ।








