जोशीविरुद्ध महाअभियोग लगाउन नेकपाको यस्तो तयारी

“
काठमाडौँ, असोज ४ । सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश दिपकराज जोशीविरुद्ध हस्ताक्षर संकलन गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सर्वोच्चका वरिष्ठतम न्यायाधीश जोशीविरुद्ध महाअभियोगका लागि हस्ताक्षर संकलन गरेको हो ।
नेकपाका प्रमुख सचेतक देव गुरुङले सांसदहरुलाई संसदको शंकर हलमा बोलाउँदै खाली कागजमा हस्ताक्षर गराएका हुन् । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चीनबाट फर्किए लगतै संसदीय दलका उपनेता सुवास नेम्वाङले परामर्श गरेका थिए । त्यसलगतै हस्ताक्षर संकलन सुरु भएको हो ।
हस्ताक्षर अभियानको नेतृत्व नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले गरिरहेको जनाइएको छ ।
प्रधानन्याधीशमा ओमप्रकाश मिश्र नियुक्ति भएसँगै जोशीले राजीनामा दिन अस्वीकार गरी सर्वोच्चमा फकिएपछि नेकपाले महाअभियोगका लागि हस्ताक्षर संकलनको तयारी थालेको हो । वरिष्ठतम न्यायाधीश जोशीलाई राजीनामाका लागि दबाब दिन हस्ताक्षर संकलन गरिएको स्रोतले बताएको छ । यद्यपि राजीनामा नदिए महाअभियोग दर्ता गर्ने योजना छ ।
सांसदहरुकै पहलमा नेकपाका झण्डै दुई तिहाई बहुमतले प्रधानन्यायाधीशमा जोशीले अस्वीकृत गरेको थियो । प्रतिनिधिसभाका २५ प्रतिशत सदस्यले महाअभियोग प्रस्ताव दर्ता गराउन सक्छन् ।
“








