सुनसरी अपडेट: शिक्षक खुर्सिदको हत्यापछि स्थानियवासी आन्दोलित, स्थिति तनावग्रस्त(भिडियोसहित)

“
सुनसरी, असोज ४ । सुनसरीको हरिनगर गाउँपालिका–२ मा हरियानी बोर्डिङ स्कुलका शिक्षक मौलना खुर्शिद इस्लाहीलाई भारतीय समुहले गोली हानी हत्या गरेपछि त्यहाँको स्थिति तनावग्रस्त बनेको छ ।
बिहिबार बिहान पौने ११ बजेतिर मोटरसाइकलमा सवार भारतीय समुहले उनको हत्या गरेपछि स्थानीवासी आक्रोसित बनेका हुन् । प्रहरी टोली घटनास्थलमा ढिलो आइपुगेको भन्दै आक्रोशित बनेका स्थानियहरुले आलमको शव प्रहरीसँग खोसेर सडकमा राखी विभिन्न ठाँउमा टायर बालेर प्रशासन विरुद्ध नाराबाजी गरिरहेका छन् ।
अहिले जिल्ला सम्पूर्ण नाकाहरु शिल गरिएको प्रहरीले जनाएको छ । हाल घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका दुई एसपी पुगेका छन् भने व्यापक प्रहरी परिचालन गरिएको छ ।
बिहिबार पौने ११ बजे भारतबाट आएका हतियारधारी समुहले गोली हान्दा उनको घटनास्थलमा मृत्यु भएको हो । गोली प्रहार गर्ने समूहमा चार जना भारतीय रहेको प्रहरीले जनाएको छ । हरिनगर गाउँपालिकाका वडाध्यक्ष गफार अन्सारीले हत्या गरी फरार हुनेको प्रहरीद्वारा खोजी कार्य भइरहेको जानकारी दिएका थिए ।
गोली हानी भाग्ने व्यक्तिलाई घेरा हाल्ने क्रममा गोली चल्दा अन्य एक जना हरिनगरा वडा नं ४ का प्रहरी हवल्दार शिवलाल पौडेल घाइते भएका थिए । गोली हानी भारततर्फ भागेका हतियारधारी समूहको पिछा गरी छेक्ने क्रममा प्रहरीसँग दिउँसो पौने एघार बजे गोली हानाहान भएको हो ।
हतियारधारी समूहको पिछा गर्दै जादा हरिनगर गाउपालिका वडा नं ४ को घुस्कीमा पुगेपछि प्रहरीमाथि समेत गोली प्रहार भएको घटना स्थलमै खटिएका जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर कमल खत्रीले जानकारी दिए ।
गोली हानाहानमा घाइते भएका प्रहरी हवल्दार पौडेलको उपचारका लागि जिल्ला अस्पताल ईनरुवा लगिएको थियो । त्यहाँ उपचार हनु नसकेपछि थप उपचारका लागि विराटनगर पठाइएको छ ।
हेर्नुहोस् भिडियो
https://www.facebook.com/makalukhabar/videos/1090416884448000/?t=19″








