त्रिभुवन विमानस्थलबाट सुनसहित ७ जना प्रहरी नियन्त्रणमा
२०७४ जेठ १५ गते

“
काठमाडौँ, असोज ४ । सरकार तथा प्रहरी प्रशासन अपराध तथा तस्करी नियन्त्रणका विभिन्न प्रयास भइरहेको बेला आज पनि प्रहरीले त्रिभुवन विमानस्थलबाट ७ सय १६ ग्राम सुनसहित ७ जनालाई नियन्त्रणमा लिएको छ ।
नेपाल एयरलाइन्सको विमानमा बैंककबाट काठमाडाँै आएका सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका–५ का २९ वर्षीय मनोजकुमार तामाङसहित ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
शंकाका आधारमा विमानस्थलको अन्तर्राष्ट्रिय पार्किङ एरिया जाँच गर्दा ६ सय १६ ग्राम सुन फेला पारेको हो । सुनसहित पक्राउ परेका सातै जनामाथि आवश्यक अनुस्नधान अगाडि बढाइएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








