मलेसियामा ज्यान गुमाउने नेपालीको शव स्वदेश ल्याउने व्यवस्था मिलाउन श्रममन्त्रीको निर्देशन

काठमाडौं, असोज ४ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले मलेसियामा विषाक्त रक्सी सेवनबाट ज्यान गुमाएका नेपालीहरुको शव जतिसक्दो छिटो नेपाल ल्याउने व्यवस्था मिलाउन निर्देशन दिएका छन् ।

मंगलबार रातिदेखि नै कुटनीतिक नियोगमार्फत त्यहाँको अवस्थाबारे निरन्तर जानकारी लिइरहेका श्रममन्त्री विष्टले ज्यान गुमाएकाको शव ल्याउने व्यवस्था मिलाउन र बिरामी परेकाको उपचारमा कुनै कसर नछोड्न निर्देशन दिएको उनको निजी सचिवालयले जनाएको छ ।

मलेसियामा विषाक्त रक्सीका कारण ६ जना नेपालीको ज्यान गएको छ, भने बिरामी १६ मध्ये चारजना डिस्चार्ज भइसकेको जनाइएको छ । १२ जनाको भने विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

स्थानीय प्रशासनसँग मृतकको शव व्यवस्थापन र बिरामीको उपचारका लागि समन्वय गर्ने काम भैरहेको नेपाली दुतावासले जानकारी दिएको छ । पोष्टमार्टम तथा अन्य अनुसन्धान प्रक्रिया सकिएपछि सम्बन्धित रोजगादाताको सहयोगमा शव नेपाल पठाउन आवश्यक पहल भइरहेको नेपाली दूतावास मलेसियाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 3 =