सैनिक हेलिकोप्टरको चरम दुरुपयोग, सत्ता र शक्तिको आडमा जिल्ला भ्रमणमा

“काठमाडौं, असोज ४ । सत्ता र शक्तिको आडमा रहेका उच्चपदस्थ व्यक्तिले जिल्ला भ्रमणका लागि पछिल्लो १ वर्षको अवधिमा ८ सय घण्टा भन्दा बढी समय सैनिक हेलिकोप्टर प्रयोग गरेका छन्।

यो समय दिनको १२ घण्टा निरन्तर हेलिकोप्टर उडाउने हो भने ६७ दिन हुन आउँछ। यो उडान अघिल्लो आर्थिक वर्षको भन्दा धेरै हो।

नेपाली सेनाबाट प्राप्त तथ्यांकअनुसार सरकारी, गैरसरकारी तथा निजी क्षेत्रबाट आयोजित विभिन्न कार्यक्रममा उपत्यका बाहिर जाँदा विशिष्ट व्यक्तिले करोडौं रुपैया खर्च हुने गरी सैनिक हेलिकोप्टर प्रयोग गरेको खबर कारोबार दैनिकमा छ।  कतिसम्म भने २० किमीको दूरीमा रहेको काभ्रे जाँदा पनि सैनिक हेलिकोप्टर प्रयोग गरेको पाइएको छ।

सैनिक हवाई महानिर्देशनालयका अनुसार सेनाको विशिष्ट उडान सेवाअन्र्तगत राष्ट्रपति विद्यादेवि भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन तथा तत्कालीन प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल र शेरबहादुर देउवा तथा अहिलेका प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा ३ वटा सरकारको पालामा विशिष्ट व्यक्ति एमआई १७ लगायत हेलिकोप्टरमा ५ सय २१ घण्टा यात्रा गरेका छन्।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 5 =