मलेसिया: ‘विषाक्त रक्सी’ का कारण ज्यान गुमाउनेको संख्या २१ पुग्यो

मलेसिया, असोज ३ । मलेसियामा विषाक्त रक्सीका कारण ज्यान गुमाउनेको संख्या २१ पुगेको छ । यसअघि मृत्यु हुनेको संख्या १९ पुगेको थियो भने थप दुई जनाको मृत्यु भएपछि २१ पुगेको हो । तर थप मृत्यु हुने कुन देशका नागरिक हुन् भन्ने खुलाइएको छैन।

सोमबार विभिन्न तीन वटा ब्राण्डका रक्सी खाँदा बिरामी परेका उनीहरुको ज्यान गएको मलेसिया प्रहरीले जनाएको छ । ती रक्सी उनीहरुले विभिन्न पसलबाट खरिद गरेको पाइएको छ ।

बुधबार बिहानसम्म नेपाली दूतावासले ६ जना नेपालीको ज्यान गएको र १६ जना बिरामी परेको पुष्टि गरेको थियो। उपचार भैरहेका मध्ये धेरैको अवस्था भने त्यहाँस्थित नेपाली दूतावासले पनि पुष्टि गर्न सकेको छैन।

५१ जना बिरामी परेकोमा १४ जनाको अवस्था गम्भीर रहेको मन्त्रालयले जनाएको छ भने  उनीहरुको विभिन्न अस्पतालमा उपचार भैरहेको छ। विषाक्त रक्सीका कारण ज्यान गुमाउनेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ। बिरामीहरुको पनि रगत र पिसावको नमुुना लिएर आवश्यक परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

यस्तै ग्राण्ड रोयल ह्विस्कीमा विषाक्त पदार्थ भेटिएको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ। खाद्य सुरक्षा ऐन, १९८३ अनुसार उत्पादन नगरिएको पनि पुष्टि भएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − three =