निर्मला पन्तको हत्याको विरोधमा दुहवीमा र्याली

दुहवी, असोज ३ । कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्याको विरोधमा बुधवार सुनसरीको दुहवीमा र्याली निकालिएको छ । सरकारको फितलो अनुसन्धानले निर्मलाको हत्यारा अझै यकिन हुन नसकेको भन्दै दोषीलाई पत्ता लगाउन दबाब स्वरुप र्याली निकालिएको हो ।

हत्यारा पत्ता लगाउन सरकारलाई दबाब दिने उद्देश्य अनुरूप विरोध गरिएको र्यालीमा सहभागी एलिना ढकालले बताईन् । दुहवी ३ स्थित पेट्रोल पम्पबाट सुरु भएको र्याली दुहवी बजारको विभिन्न भाग परिक्रमा गरेको थियो ।

र्यालीमा सहभागी स्थानिय युवा, यूवतीहरुले निर्मलाको हत्यारालाई अविलम्व पक्राउ गर, महिला हिंसा बन्द गर, दोषीलाई दण्ड दे, महिला सुरक्षा कायम गर लगायत लेखिएका पर्चा बोकेर विरोध जनाएका थिए ।

कञ्चनपुरकी १३ बर्षिया बालिका निर्मला पन्तको बलात्कार पछि हत्या भएको लामो समय बित्दा पनि दोषी पत्ता लगाउन नसकेको भन्दै विभिन्न ठाउँमा प्रदर्शन हुँदै आएको छ । र्याली पछि मृतक निर्मला पन्तको श्रद्धाञ्जली सभा समेत गरिएको स्थानिय दिलीप स्वर्णकारले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + nineteen =