धनगढी डाइग्नोस्टिक्सले गर्यो संविधान दिवसमा निःशुल्क शिविर

“
लोक देउबा
असोज ३, धनगढी । संविधान दिवसको अवसरमा धनगढी डाइग्नोस्टिक्स एण्ड रिसर्च सेन्टर प्रा.लि.ले थारु समुदायमा लाग्ने रोग सिकलसेल एनेमियाको निःसुल्क शिविर सञ्चालन गरेको छ ।
पछिल्लो समय थारु समुदायमा देखा परेको सिकलसेल एनेमिया जनस्वास्थ्यको समस्याका रुपमा देखा पर्दै गएपछी निःशुल्क शिविरको आयोजना गरेको आयोजक कमिटीका संयोजक महेन्द्र सांउदले बताए ।
यो रोगले धेरै थारु समुदायको घरवार समेत विगारिसकेको देखिन्छ । यसै कारण बुधबार डाइग्नोस्टिकले धनगढी उपमहानगर वडा नं. १ पुरानो एयरर्पोट शिविरमा बस्तै आएका महिला पुरुष गरी १ सय ३५ जनालाई सेवा दिएको हो । सिकलसेल थारु समुदायमा पुर्खौं देखिको रोग हो ।
थारु समुदायमा बंशाणुगत रोग रहेका कारण यसलाई रोकथामका लागि राज्यले निःशुल्क उपचारको व्यवस्था गर्नुपर्ने भलमन्सा उल्लुराम चौधरीले बताए । ‘यो शिविर राखेर धेरै खुसी भएका छौँ ।’ भन्दै उनले सुकुम्बासी बस्तीमा यस्ता शिविर पटकपटक सञ्चालन गर्न आग्रह गरे ।
बुधबार गरेको परिक्षणको रिपोर्ट आउन बाँकी रहेको संयोजक साउदले बताए ।
“








