काँग्रेसलाई नेकपाको व्यंग्यः ‘अरिङ्गालले टोक्यो भने कांग्रेसको नशा सक्रिय हुन्छ’

काठमाडौँ, असोज ३ । प्रधानमन्त्री केपी शर्मा ओलीको अरिङ्गालमाथि प्रमुख विपक्षी दल काँग्रेस लगायतका अन्य राजनीतिक दलले व्यंग्य गरिरहेका बेला नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता योगेश भट्टराईले कांग्रेसलाई अरिङ्गालले टोके औषधि हुने टिप्पणी गरेका छन् ।

नेकपाका नेता भट्टराईले प्रसंगवश आएको शब्दको पछाडि लाग्न नहुने भन्दै प्रधानमन्त्रीको बचाउ गरी उल्टै काँग्रेसमाथि नै टिप्पणी गरेका हुन् ।

काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्रीले नै आफ्ना नेताहरुलाई अरिङ्गाल बन्न निर्देशन दिएको भन्दै गरेको व्यंग्यको जवाफ दिँदै नेता भट्टराईले भने, ‘कांग्रेसको बस्दा बस्दा नशा च्यापिएको छ’ बुधबार राजधानीमा भएको एक कार्यक्रममा भट्टराईले भने, ‘अरिङ्गालले टोक्यो भने कांग्रेसको नशा सक्रिय हुन्छ । त्यसकारण अरिङ्गाल औषधी हो ।’

केहीदिन अघि नेकपाका दिवंगत नेता पोष्टबहादुर बोगटीको स्मृतीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका विरोधीहरुविरुद्ध अरिङगाल झै जाइलाग्न निर्देशन गरेका थिए । यसलाई लिएर सामाजिक सञ्जालमा समेत प्रधानमन्त्रीलाई व्यंग्य गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − two =