छेन्दु पुगे उपराष्ट्रपति पुन, को–कोसँग भेट्दै छन् आज ?

काठमाडौँ, असोज ३ । भ्रमणका लागि चीन प्रस्थान गरेका उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ सिचुवान प्रान्तका राजधानी छेन्दु पुगेका छन् । सिचुवान प्रान्तको राजधानी छेन्दुमा यही बिहीबारदेखि सुरु हुने ‘१७ औँ पश्चिम चीन अन्तर्राष्ट्रिय मेला’ मा सहभागी सिए ४३८ नं. को एयर आईनाको विमानबाट स्थानीय समयअनुसार ३ः४० बजे छेन्दु पुगेका हुन् ।

६ दिने औपचारिक भ्रमणका लागि बुधबार चीन पुगेका उनलाई उपराष्ट्रपतिलाई छेन्दु अन्तर्राष्ट्रिय विमानस्थलमा सिचुवान प्रान्त जनसरकारका उपसचिव यान वि पिङले स्वागत गरे ।

उपराष्ट्रपति पुनले उक्त अन्तर्राष्ट्रिय मेला र अपरान्ह बेल्ट एण्ड रोड सम्बन्धी व्यवसायिक समुदायको कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

उपराष्ट्रपतिसँग बुधबार साँझ नै चीनका उपप्रधानमन्त्री हु छुनहृवाले शिष्टाचार भेट गर्ने तालिका छ । बुधबार साँझ नै उपराष्ट्रपति चिनियाँ कम्यूनिस्ट पार्टी (सीपीसी) सिचुवान प्रान्त र सिचुवान प्रान्तीय जनसरकारको तर्फबाट आयोजित रात्री भोजमा सहभागी हुनेछन् ।

उनले सिचुवानको विकासे परियोजनालगायत विभिन्न क्षेत्रको अवलोकन भ्रमणसमेत गर्नेछन् । उपराष्ट्रपति चीनको भ्रमण सकेर असोज ८ गते काठमाडौँ आइपुग्ने छन् ।उनले सिचुवानको विकासे परियोजनालगायत विभिन्न क्षेत्रको अवलोकन भ्रमणसमेत गर्नेछन् । उपराष्ट्रपति चीनको भ्रमण सकेर असोज ८ गते काठमाडौँ आइपुग्ने छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − seven =