संघीयताको ‘छेउकुना’ नमिलेको भए, समयक्रममा मिलाइन्छ– प्रधानमन्त्री

काठमाडौँ, असोज ३ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान र संघीयताको छेउकुना निमिलेको भए समयक्रमअनुसार मिलाइँदै (परिमार्जन गर्दै) जाने बताएका छन् ।

संविधान दिवसको अवसरमा टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्रीले सो कुरा बताएका हुन् । उनले अधिकार प्राप्तिको राजनीतिक अभियानमा प्रयोगको चरण सकिएको भन्दै उनले अब प्रयोग गर्न बाँकी भएमा शीघ्र र तीव्र विकास मोडल मात्र भएको बताए ।

प्रधानमन्त्रीले संघीयता ठीक की बेठीक भन्ने बहस सान्दर्भिक नभएको भन्दै बहस र तर्कवितर्क निर्णयमा पुग्नुअघि मात्र स्वभाविक हुने बताए ।

प्रधानमन्त्री ओलीले ‘केन्द्र–प्रदेश सम्बन्ध’लाई संविधानको अक्षर र भावना अनुरुप व्यवस्थित गरिने बताए । ‘ढुंगाको भर माटोलाई, माटोको भर ढुंगालाई’ भनिन्छ । यही भावनामा क्षमता अभिवृद्धिको लागि लगानी गरिन्छ, प्राकृतिक र वित्तीय स्रोतको न्यायोचित वितरण हुन्छ,’ उनले भनेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 17 =